images
images
images

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डाँगीलाई तोकियो

images

पूर्वाधार वाच, काठमाडौं ।

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ ।

शुक्रबारको न्याय परिषद् सचिवालयको बैठकले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

न्यायपरिषद सचिवालयका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी राजस्व न्यायधीकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोकिएको परिषदले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्