images
images
images

नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी चलाउन रोक

images

पूर्वाधार वाच, चितवन ।

नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो ।

यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ ।

शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौं सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स-साना पहिरो जादा सडक अवरुद्ध बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्