images
images
images

नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासी भन्छन्- ‘जोखिमबाट मुक्ति पायौं’

images

पूर्वाधार वाच, काठमाडौं ।

नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।

गत असोज १० गते बिहीवार ‘हिजो’ राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर ‘सुस्ता’ मल्टिसपान झोलुगे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित भएका हुन् ।

उनीहरुले वर्षोदेखि डुंगाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्लाको बजार र सदरमुकाम जानका लागि धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । सो झोलुंगे पुलले आफूहरुलाई धेरै सुविधा दिएकाले आफूहरु सबै खुशी रहेका स्थानीयवासीको भनाई थियो ।

स्थानीयले भनेका छन्, ‘पहिला पुल थिएन । डुंगामा जानुपर्ने अवस्था थियो । अब अहिले पुल बन्यो । सबैलाई सुविस्था भयो, राम्रै भयो । हामी धेरै खुशी छौं । ’

सो अवसरमा राष्ट्रपति पौडेलले सो क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गर्नुभएको थियो । सोलार पावरमा भर पर्नुपर्ने अवस्था अन्त्य भएको भन्दै स्थानीयले आपसी खुशी साटासाट गरे ।

अब २४ घण्टा नै बिजुली बत्ति आउने आशा आफूहरुले गरेको उनीहरुको भनाई थियो । स्थानीयले भनेका छन्, ‘पहिला सोलार प्लान्टमा चल्दै थियो । अब विद्युत जोडिएपछि यहाँ २४ घण्टा नै विद्युत उपलब्ध हुन्छ । अब रातदिन बत्ती बल्छ भन्ने पनि लागेको छ ।’

सुस्तामा सो पुल बनेसँगै डुंगामा भाडासहित जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । पुलको अभावमा सरकारी सेवा लिन समेत भारतको भूमिहुँदै गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो । – न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्