images
images
images

त्रिशुलीको बाढीले दुई वटा टिप्पर बगायो

images

पूर्वाधार वाच, काठमाडौं ।

त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई वटा टिप्पर बगाएको छ । नदीमा कामका लागि राखिएका अरू टिपर, एक्सकाभेटर र लोडर पनि बगाउने जोखिममा छन्।

दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चारवटा टिप्पर र दुईवटा एक्साभेटर नदीको बीच भागमा फसेका थिए ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । लगातारको वर्षा कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ ।

उक्त स्थानमा मान्छे भने नफसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुपर त्रिशुली हाइड्रोपावर आयोजना नुवाकोटको बुट्टारमा निर्माणाधीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्