images
images
images

नारायणगढ-मुग्लिन खण्डमा भाँसिएको सडक मर्मत

images

पूर्वाधार वाच, चितवन ।

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा भाँसिएको सडकको मर्मतपछि एकतर्फी खुलेको छ ।

भाँसिएको सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गरेपछि एकतर्फी खुलेको र दुई तर्फी खुल्न केहि समय लाग्ने जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी समेत पल्टिएको थियो ।

लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो । अहिले पनि काठमाडौँ आउने सडक दर्जनौं ठाउमा गएको पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्