पूर्वाधार वाच, काठमाडौं ।
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् ।
नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्