पूर्वाधार वाच, सिन्धुली ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन् ।
सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताए ।
अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन ।
उनीहरूले उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्