images
images
images

कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दु माथि

images

पूर्वाधार वाच, सुनसरी ।

सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि अति खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।

आइतबार बिहान ९स् ४५ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख २८ हजार १०० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ । अहिले ब्यारेजका सबै ५६ ढोका खोलिएको छ  ।

सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरु बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ ।  अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेकोले उच्च रातो सतर्कताको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्