images
images
images

झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो

images

पूर्वाधार वाच, धादिङ ।

पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ । यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ ।

माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन ।  माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो ।

यस अघि पुरिएको अवस्थामा बस भेटिएको थियो । शुक्रबार गोरखाबाट काठमाडौंका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौंका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको थियो ।

यस अघि बुटवलबाट आएको विंगर शनिबार पुरिएको अवस्थामा भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्