पूर्वाधार वाच, काठमाडौं ।
नेप्सेमा आज २३ अंकको गिरावट आएको छ । बिहीबार नेप्से २३.१० अंकले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता शेयर ४ अर्ब ४ करोड १३ लाख २ हजार ३५ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मूल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्यांगे हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ९२ लाख २३ हजार ८२० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी ४ लाख ८७ हजार ९४१ कित्ता शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्