images
images
images

गौर बजारमा पानी पस्यो, सरकारी कार्यालयहरू आज बन्द

images

पूर्वाधार वाच, रौतहट । 

बिहीबारदेखिको अविरल वर्षासँगै रौतहटको पूर्व भेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दबाब बढ्दै गएको छ । गौरस्थित प्रायः सम्पूर्ण सरकारी कार्यालयहरू डुबानमा परेपछि आज बन्द हुने भएका छन् ।

बागमती नदी लाल बकैया र झाझ खोलाको पानी आज बिहान ३ बजे देखी प्रवेश गरेसँगै गौर बजार क्षेत्रमा पानीको दबाब बढेको हो । अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी पानी देखिएको छ । गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत प्राधिकरण गौर शाखा जलमग्न भएको छ ।

बिपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढीको पानीले डुबानमा परेका छन् । गौर आँखा अस्पताल पुरेनवा, सिसवा, सिर्सिया, सपगढा लगायतका वडाहरूमा राति १२ बजेकै समय देखि बाढीको पानी पसेको थियो ।

नेपाल विद्युत प्राधिकरण गौरको ३३/११ केभी  सब स्टेसनको केबल ड्रोनमा पानी भरेको कारण विधुत अवरुद्ध भएको  छ । नेपाल भारत सीमा क्षेत्र बैरगनिया जाने नाका क्रान्तिद्वारा गेट जलमग्न भएको छ । राजदेवी नगरपालिका ६, गढीमाई ३, लगायत कयौं स्थानमा बागमती नदीको बाँध फुटेर बगेको पानी गौर बजार क्षेत्रमा बढ्दै गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंका अनुसार गौर भन्सार छेउ सशस्त्र प्रहरी प्रस्तावित गुल्म समेत जलमग्न भएको छ । भारतको सीतामढी निवासी ५५ बर्षीय भोजु लहेरी शनिवार साँझ यमुनामाई गाउँपालिका ५ बमनहर सडक खण्ड अन्तर्गत खोला तर्ने क्रममा बाढीमा फसेकोमा १२ घण्टापछि आज बिहान उद्धार गरिएको हो ।

यस अघि शनिवार वृन्दावन १ बलेरी खोर छेउ बागमती नदीमा सयभन्दा बढी महिला पुरुष तथा बालबालिका फसेका थिए।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो मध्ये ३७ जनाको सकुशल उद्धार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्