images
images
images

विपद्‌पछिको राहत र उद्धारमा विद्यार्थी नेताहरुको लोभलाग्दो सक्रियता

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आम सर्वसाधारणले निक्कै ठूलो विपत्तिको सामना गर्नुपरेको छ । शुक्रबार रातिदेखि आएको वर्षाले काठमाडौंका अधिकांश स्थानमा बाढी नै आयो भने नदी किनारका घर टहरा र बस्तीहरू डुबानमा परे ।

यस पटक बाढी पहिराे र डुबानकै कारण सयाै‌ँ व्यक्तिले ज्यान समेत गुमाउनु परेकाे छ ।  विपदको समयमा सरकारी संयन्त्रदेखि स्थानीयहरूको भूमिका पनि अत्यन्तै महत्त्वपूर्ण हुने गरेको छ ।

यस पटकको बाढी पछिको डुबानमा पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत जनस्तरको सक्रियताले पीडितहरूको राहत र उद्धार कार्यमा सहज भएको छ । यस्ता विपद्को समयमा अग्रपंक्तिमा आउने संस्थाको नाम हो, अखिल क्रान्तिकारी  । उसाे त विपद्‌का बेला एक जना व्यक्तिकाे साहस र सक्रियता कति महत्वपूर्ण हुन्छ भन्ने विषय पनि कम महत्वकाे विषय हाेइन ।

ज्वलन्त उदाहरण बनेका छन् चणिकलाल तामाङ । उनले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका थिए । ३३ वर्षीय तामाङले खोलाले बगाइरहेका दुई जनाको उद्धार गर्दा सरकारले उद्धार गर्न नसकेको काम व्यक्ति एक्लैको साहसका कारण सम्भव भएको भन्दै यतिबेला उनकाे चौतर्फी प्रशंसा भइरहेको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेताहरू पछिल्लो समय विपद्को घडीमा सक्रिय देखिने गरेका छन् । यसअघि जाजरकोटमा गएको भूकम्पको बेला राहत, उद्धार एवं पीडितका आवास निर्माण कार्यमा समेत उनीहरूको सहभागिता उल्लेख्य थियो ।

यस पटकको बाढीका कारण काठमाडौं उपत्यकामा परेको डुबानबाट पीडितहरूको उद्धार र राहतमा समेत अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन भूल रोशन लगायतका नेताहरू सक्रिय देखिएका छन् ।

उनीहरूले बाढी प्रभावित क्षेत्रका स्थानीयहरूको घरदैलोमा पुगेर घरभित्र पसेको लेदो हटाउनेदेखि राहतको लागि खाद्यान्न पिठ्यूँमा बोकेर घरसम्मै पुर्‍याइरहेका तस्बिरहरू सामाजिक सञ्जालमा देखिएका छन् ।

विपद्को समयमा राज्यको मुख ताक्ने र सरकारलाई दोष दिँदै विरोध गर्नुको साटो पछिल्लो समय विद्यार्थी संगठनहरुमा देखिएको समाजसेवाको भावप्रति सबैले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् । यस्ता उद्धार एवं राहत कार्यहरूमा नेकपा एमाले निकट जिफन्टलगायतका संस्थाहरूले समेत यस पटक सर्वसाधारणबाट स्याबासी पाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्