images
images
images

धादिङ र काभ्रेका सिडिओको सरुवा, नयाँ को आए ?

images

पूर्वाधार वाच, काठमाडौं ।

गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको हो ।  मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ ।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ । काभ्रेमा सबै भन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्