images
images
images

खोज, उद्धार र राहत वितरणमा सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल

images

पूर्वाधार वाच, काठमाडौं ।

बाढी पहिरो खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरुलाई अपिल गरेको छ । महासंघले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सबै जिल्ला संघहरु बाढी पहिरोमा परेको नागरिकको खोज तथा उद्धार र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताको लागि अफि गरेको हो ।

महासंघले मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त हुनुको साथै जनधनको ठूलो क्षति भएको जानकारी दिएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपाने द्वारा विज्ञप्तिमा भनिएको छ,‘ हालैको मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । साथै जनधनको ठूलो क्षति भएको कुराबाट हामी अनविज्ञ छैनौँ । यस दुःखद घडीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबै व्यक्तिहरूप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दछ । महासंघ घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारी कदमको प्रशंसा गर्दै विपत्तिका कारण विस्थापित भएका नागरिकहरूलाई यथाशिघ्र राहत उपलब्ध गराई उनीहरूको पुनः स्थापनाको उपयुक्त व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ । साथै महासंघ आफ्ना सबै जिल्ला संघहरु तथा मुलुकभरका क्रसर तथा खानी उद्योग व्यवसायीहरूलाई यस प्राकृतिक विपत्तिका कारण विस्थापित सबै नागरिकहरूलाई खोज तथा उद्धार गरी राहत उपलब्ध गराउने सरकारी अभियानमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्दै यस प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरूलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइदिनुहुन समेत अपिल गर्दछ ।’

महासंघले प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरूलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराइ आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्