पूर्वाधार वाच, काठमाडौं ।
नेप्सेमा आज ११४ अंकको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।
आज ३०७ कम्पनिको कारोबार हुदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २८ करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्