images
images
images

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

images

पूर्वाधार वाच, काठमाडौं ।

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।

मुद्दामा प्रसाईंलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको थियो । उनलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्