images
images
images

आजदेखि अमेरिकी डिभी २०२६ को लागि आवेदन खुल्दै, कसरी भर्ने फारम ?

images

पूर्वाधार वाच, काठमाडौं । 

अमेरिकी डाइभर्सिटी भिसा २०२६ (डिभी चिट्ठा)को आवेदन आज रातिदेखि खुल्दैछ ।  नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ः४५ बजेदेखि अनलाइन फारम भर्न पाइने भएको हो ।

नेपाली समयअनुसार २ अक्टोबर २०२४ राति ९:४५ बजेदेखि ५ नोभेम्बर २०२४ राति १०:४५ बजेसम्म आवेदन दिन सकिने पनि दूतावासले जनाएको छ । यसको आवेदन https://dvprogram.state.gov/ वेबसाइटमार्फत भर्न सकिनेछ ।

यसमा निःशूल्क रूपमा आवेदन दिन सकिन्छ । यो सिजनमा छानिएका व्यक्तिहरूले सेप्टेम्बर ३०, २०२६ सम्ममा आफ्नो आप्रवासी भिसाको लागि आवेदन दिने र प्राप्त गर्नुपर्ने हुन्छ ।

कसरी भर्ने अनलाइन फारम ?

सन् २०२६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्नु पर्नेछ । दर्ता गर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ ।

समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ । डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिन्छ। हरेक व्यक्तिले एउटा मात्र आवेदन बुझाउनु पर्ने हुन्छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिन्छन् । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन ।

फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्