images
images
images

काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव

images

पूर्वाधार वाच, काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका हुन्।

उनले २०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरु त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए ।

उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गरे । उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरु डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताए ।

उनले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरुले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताए । स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरु मेलम्ची पुगिसकेको बताए।

उनले भने, ‘२०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो । त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौँ । वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ । तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोशी र वागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ । तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ । मेलम्चीको पानी खोल्ने बित्तिकै त्यो समस्या समाधान हुन्छ । त्यो भन्दाअघि पाइपको पनि डिजिटल प्रणाली छ, त्यसबाट कहाँ कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम गरिरहेका छौँ । तत्काल मर्मत गरेर पानी छोड्ने हामीले सोचेका छौँ । पानी खोल्नु भन्दा अगाडि एउटा ठूलो महाभारत छ । त्यो भनेको मेलम्चीका स्थानीयहरुको आन्दोलन । त्यहाँ बाढी,पहिरो पीडितहरुको आन्दोलन छ । त्यसले समस्या गरेको छ, कर्मचारी त्यहाँ जानुभएको छ । उहाँहरुको केही कुरामा विमति छ, त्यसमा मन्त्रालय गम्भीर छ । उहाँहरुको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौँ । पानी छोड्न उहाँहरुले कुनै कठिनाइ गर्नुहुन्न भन्ने मलाई विश्वास छ । दुई तीन दिनपछि पानी खोल्नेछौँ ।’

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरुले पानी पठाउँमा अवरोध नगर्नेमा आशावादी रहेको बताए । – न्युज एजैन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्