images
images
images

रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ ।

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो ।

अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा। नवराज अधिकारीको नाम अन्तिम सूचीमा राखेको छ ।

आज हुने भनिएको अन्तर्वार्ता समितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष डा। शिवराज अधिकारी अस्वस्थ भएका कारण रोकिएको बताइएको छ ।

बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि खाली रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्