images
images
images

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

images

पूर्वाधार वाच, काठमाडौं ।

शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।  आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यस अघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो ।  त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्