images
images
images

विपद् जोखिम न्यूनीकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

images

पूर्वाधार वाच, काठमाडौं।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभए पनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभए पनि २० अर्ब रुपैयाँ चाहिन्छ । आगलागी भयो भने गतिलो दमकल छैन । बाहिरबाट ल्याउनुपर्छ । यसबारे अर्थलाई भन्दा सिलिङ छैन भन्ने कुरा आउँछ । गृह मन्त्रालय भित्रबाट वर्षको तीन चार करोड मात्र चालु पुँजी आउँछ । त्यो पैसाले सम्भव छैन । एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ । यसपालि पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौँ । त्यो महँगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ । बजेटको सीमा भित्र सम्भव नै छैन ।’

यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए । उनले भने, ‘विपद् महाशाखा र प्राधिकरण पनि हुँदा अन्योलको अवस्था भयो । यसलाई नीतिगत तरिकाले मिलाउनुपर्छ । प्राधिकरणलाई रिर्फम गरेर मिलाउने हो भने प्रक्रियागत ढिलाइ जुन भइरहेको छ त्यसलाई कम गर्न सक्छौ । प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने बढ्दो जोखिमलाई घटाउन सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्