पूर्वाधार वाच, काठमाडौं।
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।
त्यस्तै १७८ जना अझै घाइते रहेका छन् । मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ७० जना रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्