images
images
images

नेप्सेमा आज ३७ अंकको वृद्धि, ७ अर्बको कारोबार

images

पूर्वाधार वाच, काठमाडौं ।

नेप्सेमा आज ३७ अंकले बढेको छ । सोमबार नेप्से ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो ।

आज ३०५ कम्पनिको कारोबार हुदा एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज चन्द्रागिरी हिल्सको सबै भन्दा बढी २६ करोड २३ लाख १७ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ८ लाख ४१ हजार ९५७ कित्ता शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्