पूर्वाधार वाच, काठमाडौं।
बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजारले घटेर आज छापावाल सुन तोलाको एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्