images
images
images

बाढी पहिरोले शहरी विकासअन्तर्गतका आयोजनाहरूमा २ अर्ब ८८ करोड बढीको क्षति

images

पूर्वाधार वाच, काठमाडौं । 

यही असोज असोज ११ र १२ गते आएको बाढी पहिरोको कारण शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरूमा २ अर्ब ८८ करोड ३४ लाख बराबरको क्षति भएको छ ।

मन्त्रालय अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विकास विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायमार्फत् सञ्चालित आयोजनाहरूमा उक्त क्षति भएको मन्त्रालयकी सहसचिव एवं प्रवक्ता बिनु बज्राचार्य कुँवरले जानकारी दिइन् ।

प्रवक्ता कुँवरका अनुसार शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी भवन, बाटो तथा सडक स्तरोन्नति, स्मार्ट सडक बत्ती, उद्यान तथा पार्क र खेल मैदानलगायतका संरचनाहरूमा १७ करोड ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यता, स्थानीय पूर्वाधार विभाग अन्तर्गतका झोलुङ्गे पुल र सडक खण्डलगायत संरचनामा १ अर्ब ७७ करोड ४ लाखको क्षति भएको मन्त्रालयले बताएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको धोबिखोला करिडोर अन्तर्गत खोला छेउका संरचनाहरू, करिडोरको बाटो तथा अन्य पूर्वाधारहरू एवं  चाँगुनारायण, मध्यपुर थिमी, र सूर्यविनायक नगरपालिकामा पर्खाल लगायतका संरचनाहरूमा ११ करोड ४६ करोड रुपैयाँको क्षति भएको छ ।

यस्तै बागमती सभ्यता एकीकृत विकास समितिमार्फत् बागमती मनोहरा धोवीखोला विष्णुमती, बल्खु, नख्खु, हनुमन्ते, कर्मनासा लगायतका नदीहरूमा आएको बाढीका कारण भएका ८२ लाख ८१ हजारको क्षति भएको छ । क्षतिग्रस्त संरचनाहरूमध्ये कतिपयको पुनर्निर्माण गर्नुपर्ने देखिएको छ भने कति मर्मत सम्भार गर्नुपर्ने अवस्था रहेको समेत मन्त्रालयले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्