images
images
images

जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलेमतोमा ग्राभेल उत्खनन !

images

पूर्वाधार वाच, सिरहा ।

सिराहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधि, प्रहरी र वन कार्यालयकै सेटिङमा निजी, आबादी तथा खोलाहरूबाट व्यापक ग्राभेल उत्खनन भइरहेको छ ।

जनप्रतिनिधि, कर्मचारी, स्थानीय प्रहरी, प्रशासन र सब डिभिजन वन कार्यालयका कर्मचारीहरूकै संलग्नतामा प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन भइरहेको हो ।

नगरपालिकामा हालसम्म खानी दर्ता भएको छैन । तर, पालिकाको वडा नम्बर ८, ११, १२ र १३ बाट  ग्राभेल माफियाहरूले जनप्रतिनिधि, कर्मचारी र स्थानीय प्रहरीसँगको आर्थिक सेटिङमा ग्राभेल उत्खनन गर्ने गरेको स्थानीयहरू बताउँछन् ।
गत बुधवार धनगढीमाई नगरपालिका ८ कसहाको प्रहरी विट देखि ४ सय मिटर पर ९उतर० बाट कसहा खोलामा स्काभेटर लगाएर ग्राभेल उत्खनन गरिरहेको अवस्थामा स्थानीयले एक थान ट्रिफर र एकथान स्काभेटर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।

प्रहरीको विट अगाडी नै अवैध रूपमा दिनदहाडै उत्खनन गरे पनि प्रहरी बेखबर हुनुले पनि साठगाँठ रहेको प्रस्ट हुने सोही वडाका वडा सदस्यसमेत रहेका भोगेन्द्र यादवले बताए। उनले भने, ‘हामीले पटक–पटक पालिकाका कर्मचारी, नगर प्रहरी लगायत अन्य सबै सरोकारवाला निकायलाई जानकारी गरायौं।

तर, कसैले सुनिदिएन। सबै मिलेकै छ। दिउसो उत्खनन रोक्न गए राती गरी खन्न थाल्छ। राती रोक्न गए दिउसै स्काभेटर भिराउँछन्। अति भएपछि स्थानीयहरू आफैले उत्खनन स्थल घेरेर गाडी प्रहरीको जिम्मा लगाउन बाध्य भयौं।’
उनले यस्तै अवस्था रह्यो भन्ने यो क्षेत्र नै खण्डहरमा परिणत हुने निश्चित रहेको ठोकुवा गरे।

प्रहरी प्रशासन र नगरपालिकालाई अवैध उत्खनन रोक्न पटक पटक ताकेता गर्दा पनि कुनै चासो नदेखाएको धनगढीमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम भरोसी महतोले बताए।

उनले भने, ‘नगर कार्यपालिकाका सम्पूर्ण प्रतिनिधि, स्थानीय प्रहरी, वनका कर्मचारी, जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरूको प्रत्यक्ष संलग्नतामा यो अवैध उत्खनन भइरहेको छ। यसको मुख्य दोषी नियामक निकाय नै हो।’

उनले थपे, ‘नगर र जिल्लाका प्रमुख निकायलाई पटक–पटक अवैध उत्खनन बारे जानकारी गराउँदा पनि मौन बस्नुले माफिया नियामक निकायको मिलेमतो दर्शाउँछ।’

नगरका एक वडा अध्यक्षले अहिले ग्राभेल उत्खनन गर्ने माफियाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग सोझो सम्बन्ध रहेको बताउँछन्। ‘दुवै प्रमुखलाई मिलाएपछि दिनदहाडै डोजर भिडाइरहेका माफियालाई के को डररु ती वडा अध्यक्षले भने।

प्राकृतिक स्रोतमाथि अन्धाधुन्ध डोजर चलाउँदा यस क्षेत्रको पर्यावरणीय सन्तुलनमा खलल पुग्ने प्रति स्थानीय चिन्तत छन्। पहिला एक दुई जनाले उत्खनन गर्ने यो क्षेत्र अहिले दर्जनौँ माफियाले उत्खनन गरेर  रणभूमि बनाएको छ। सधैं खेतबारी जाने किसान अव एकलै जान पनि डराउनु पर्ने अवस्था भएको छ।

यस विषमा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव शंकर महतोलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्कमा आउन चाहेनन्। पछि उनले मोबाइल नै स्विचअफ गरे ।

त्यसैगरी, धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीसँग अवैध उत्खननको विषयमा प्रश्न गर्दा उनले पहिला नभएको र पछि म बुझेर भनौंला भने। साथै आफूले जानकारी पाएको बखत नगर प्रहरी र जनपथको सहयोगमा नियन्त्रणमा लिने र कारबाही गर्ने गरेको बताए।

उनले भने, ‘भर्खरै हामीले नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा उत्खनन गरेको स्थलमा पुगेर एक थान ट्रिफर र एक स्काभेटरलाई नियन्त्रण लियौं। मैले नेपाल प्रहरीले पठाएको प्रतिवेदन अनुसार खोलाकै छेउमा रहेको तिरुपति बालुवा प्रशोधन केन्द्रको भन्ने जानकारी आएपछि नियमानुसार चालिस हजार जरिवाना बुझाएपछि गाडी छोडेको हो।’

यो अवैध उत्खनन खोलामा गरिरहेको अवस्थामा फेला परेको थियो। यदि वनको जमिनमा उत्खनन गरेको छ भने बनसँग पनि समन्वय गरीनुपथ्र्यो होइन र ? भनी प्रश्नमा उनले भने, ‘यदि वनको हो भने म वुझ्छु मलाई त्यो विषय जानकारी भएन। तपाई कार्यालयमै आउनुस् यहीँ बसेर कुरा गरौँला भन्दै फोन काटे। पछि पटक–पटक सम्पर्क गर्न खोज्दा उनले फोन नै काटिदिए।

पछिल्लो पाँच वर्षमा ग्राभेल माफियाहरूले यो क्षेत्रको करिब पचासौं बिघाबाट नियामक निकायकै मिलेमतोमा अवैध रूपमा प्राकृतिक स्रोतको व्यापक उत्खनन गरेको स्थानीय राम प्रकाश यादवले बताए। उनले भने, ‘सिराहाका नियामक निकायका पदाधिकारीहरू नै बिकाऊ भएपछि ग्राभेल माफियाहरूले यस क्षेत्रमा एकछत्र राज चलाएको छ, यहाँ कसैको केही चल्दैन।’

सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खननले स्थानीयहरू त्रसित बनिसकेका छन्। जनप्रतिनिधि तथा प्रहरी प्रशासनको मिलेमतोमा भइरहेको अवैध उत्खननले स्थानीयहरूमा प्रशासनप्रति अविश्वास सिर्जना भइरहेको स्थानीयहरूको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्