रिंकु दास, काठमाडौं ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लहानले विद्यालय स्तरमा दलित छात्रवृत्ति रकम वितरण कार्यान्वयन र दलित बालबालिकाहरूको शिक्षामा पहुँचको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाको लहान नगरपालिका २४ स्थित लेखनाथ मावि गोविन्दपुरमा सेभ द चिल्डेनको सहयोगमा मंगलबार कार्यक्रम भएको संघका अध्यक्ष मोहन पासवानले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि लहान २४ का वडाध्यक्ष रासलाल रायले छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।
उनले यस्ता छात्रवृत्ति कार्यक्रममार्फत बढी भन्दा बढी दलित गरिब विद्यार्थीलाई समेट्न जरुरी रहेको समेत धारणा राखे । यस्ता कार्यक्रमका लागि आफू वडा कार्यालयका तर्फबाट हमेसा हातेमालो गर्न तयार रहेको समेत बताए ।
नेपाल छात्रवृत्ति कार्यक्रम लहान नगरपालिकाका २४ वटै वडा र सखुवानन्कारकट्टी गाउँपालिकाका कक्षा १ देखि १० सम्मका दलित गरिब छात्राहरूलाई दिइँदै आएको अध्यक्ष पासवानले जानकारी दिए ।
यस्तै सिराहा जिल्लाभरिका कक्षा ११, १२ र स्नातक र स्नातकोत्तर गरिरहेका दलित गरिब छात्राहरूलाई समेत छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यो कार्यक्रम जिल्लामा सन् २०१३ देखि सञ्चालनमा रहेको छ ।

हालसम्म यस कार्यक्रममार्फत एक हजारभन्दा बढी छात्राहरू लाभान्वित भएको संस्थाको दाबी छ । भने, विद्यालयबाहिर रहेका विद्यार्थीहरुसमेत यस कार्यक्रमले समेटेको संस्थाका प्रतिनिधिहरु बताउँछन् ।
यस संघ दारा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत बरिसलाल मोचीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने एक वडा सदस्य, लेखनाथ माविका प्रधानाध्यापक बलराम सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप महतो, उपेन्द्र पासवान लगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्