images
images
images

जग्गा दान लिनु स्वाभाविक हो, विवाद आवश्यक छैन: महासचिव पोखरेल

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दान लिनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जग्गा दान लिएको विषयमा विवाद गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन् ।

उनले महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको र महाविपत्तिपछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्

महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै हो । महाविपत्ति पछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसंग नेपालीजन जानकार छ । नेकपा९एमाले० नयाँ पार्टी कार्यालय बनाउन लागि रहेको होइन । पुरानो पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुननिर्माण गर्न लागेको हो ।’

आजभन्दा १० वर्ष पहिलेको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुननिर्माणको नेतृत्व नेकपा(एमाले) आफैले सरकारमा रहदा गरेको थियो ।

पहिले जनताका घर पुननिर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुननिर्माण गर्ने नीति लिएको थियो । यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुननिर्माण गर्न खोजेको हो । त्यो पनि बाढी र डुवानका कारणले भाडामा रहेको पार्टी कार्यालयमा ठुलो क्षति वेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको हो । राजनीतिक दलहरु पनि समाजिक संस्था भएका कारणले त्यसको पुननिर्माणमा राज्य र नागरिक स्तरवाट सहयोग प्राप्तगर्ने स्वभाविक हक़ रहन्छ नै ।

कतिपय राजनीतिक दलहरुले सुरुमै चन्दा र दानवाट पार्टी भवन निर्माण गरेको दृष्टान्त छ । यस्तो अवस्थामा नेकपा९एमाले० पारदर्शी तरिकावाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रुपमा चित्रण गर्ने र बहसको विषय वनाउने कुरा उचित होइन ।

नेकपा९एमाले० कार्यकर्तावाट सहयोग संकलनको अभियान नचालाएको होइन । वल्खुस्थित जमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पंक्ति भित्रवाट सहयोग पर्याप्त संकलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो ।

यस्तो अवस्थामा नेकपा (एमाले) विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुननिर्माणका लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना समेत राखेकोले सहयोग लिएको हो । यस्तो सहयोग लिनु स्वभाविक हो । अन्यथा ठान्न मिल्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्