पूर्वाधार वाच, पोर्चुगल ।
गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालय अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ ।
गैरआवासीय नेपाली सघ पोर्चुगलका अध्यक्ष दिपा काफ्लेद्वारा प्रकाशित विज्ञप्तिमा कार्यालयमा अनिश्चितकालका लागि बन्द गरिएको उल्लेख छ ।
विज्ञप्तिमा नवौं राष्ट्रिय महाधिवेशनको म्यान्डेड अनुसार अध्यक्ष उमेशकुमार खड्काले आफ्नो कार्यकाल सकिँदा पनि पद हस्तान्तरणमा आनाकानी गरेको आरोप छ ।
यस्तै वार्षिक साधारण सभा नगरेको, संघको कार्यालय दुरुपयोग गरेको, यसभन्दा अगाडि सञ्चालन गरिएको राहदानी शिविरमा केही पदाधिकारीहरूले अतिरिक्त शुल्क लिएको लगायतका आरोपहरू उल्लेख गरिएको छ ।
साथै संघ भित्रको आर्थिक हिसाब पनि हिनामिना भएकोले तत्काल हिसाब सार्वजनिक गर्नुपर्ने माग गर्दै कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्