images
images
images

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

images

पूर्वाधार वाच, काठमाडौं ।

आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ ।

यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्