images
images
images

हेटौंडा र उदयपुर सिमेन्ट बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा

images

पूर्वाधार वाच, काठमाडौं।

सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न तयार भएका छन् ।

दुवै कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन्।

अहिले हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ ।

ती दुई उद्योगले महसुल तिर्ने विश्वाससहित प्राधिकरणले लाइन काटेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्