पूर्वाधार वाच, काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । सोहीकारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र यूएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ ।
नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट ११:५० ‘स्थानीय समय’मा उड्ने जहाज अब ९:१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेवानिले जनाएको छ ।
काठमाडौंबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ । दोहाबाट ३स्२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ ।
काठमाडौंबाट ११:१५ मा दुबई उड्ने जहाज अब ९ बजेर ३५ मिनेटमा उड्ने गरी तालिका मिलाइएको समेत नेवानिले जनाएको छ ।
हेर्नुहोस् सूचना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्