images
images
images

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते

images

पूर्वाधार वाच, काठमाडौं ।

क्रसर, बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते महोत्तरीको बर्दिवासमा हुने भएको छ ।

साधारण सभा र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योग व्यवसायी सहभागी हुनेछन् । महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्