images
images
images

गण्डकी प्रदेश सांसद विमला गौचनको निधन

images

पूर्वाधार वाच, काठमाडौं ।

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । डेंगुका कारण उपचार पश्चात् काठमाडौं घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदय घात भएपछि अस्पताल लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर उनको निधन भएको हो । नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौन म्याग्दीकी हुन् ।

छोराहरू विदेश रहेकाले उनीहरू आएपछि म्याग्दी नै ल्याएर गौचनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्