images
images
images

निर्माण नसकिँदै दोस्राे पटक जबर्जस्ती खोलिएको धरहरा फेरि बन्द

images

पूर्वाधार वाच, काठमाडौं ।

सञ्चालनमा ल्याएको दुई महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उप महानिर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।

‘लिफ्ट बिग्रिएर केही दिनअघिदेखि बन्द गरेको हो । बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।

तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरिएको थियो ।

बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा खुला गरिएको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्याङ्कमा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्