images
images
images

२३ देशको सहभागितामा ‘फिडिक’ एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

images

पूर्वाधार वाच, काठमाडौं । 

विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एसिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सोमबार फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा सम्मेलनको उद्घाटन भएको हो ।
नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्र्स’ (स्काएफ)को आयोजनामा सुरु भएको सम्मेलन मंसिर ५ गतेसम्म चल्नेछ ।

२३ देशको प्रतिनिधि तथा १०० जनाभन्दा बढी अन्तर्राष्ट्रिय र ३०० जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरूको सहभागितामा सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीसले जलवायु परिवर्तन जस्तो संवेदनशील विषयमा केन्द्रित यस प्रकारको महत्त्वपूर्ण सम्मेलन सम्मेलनमा मात्र सीमित पार्ने भन्दा पनि सम्मेलनबाट आएका विषय वस्तुलाई कार्यान्वयन तहमा पु¥याउनुपर्ने बताइन् । साथै, उनले यसका लागि फिडिक जस्तो संस्था निरन्तर लागि रहेको र आगामी दिनमा पनि सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन् ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले यस सम्मेलनबाट जलवायु परिवर्तनबाट निम्तिएका समस्या समाधान गर्न र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा उचित सल्लाह र सुझाव आउनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘यो सम्मेलनमा उठेका विषय र छलफलबाट आएका निष्कर्षहरू हामी जस्तो जलवायु परिवर्तनको असरबाट जुधिरहेका देशहरुका लागि एउटा मार्गचित्र हुनसक्छ । यो सम्मेलनले नीति निर्माण तहमा हामीलाई पक्कै पनि सहयोग पु-याउने छ ।’

आयोजक स्काएफका महासचिव ई. कमल कार्कीले यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्न पाउनु आफैँमा महत्त्वपूर्ण उपलब्धि भएको र सम्मेलनबाट आउने सुझाव र मार्ग निर्देशलाई सम्बन्धित तहसम्म पु-याएर त्यसको कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको बताए ।


‘गभर्नेन्स फर क्लाइमेट सक्स’ भन्ने मुख्य विषयवस्तु रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपद्लाई सम्बोधन गर्ने प्राविधिक तथा नीतिगत विषयमाथि ७ वटा विशिष्टिकृत शिर्षकमा छलफल हुनेछ । विपद्को जोखिमले आक्रान्त बनिरहेको सन्दर्भमा विश्व समुदायका लागि नेपालमा हुन लागेको उक्त सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ ।

सम्मेलनमा फिडिककी अध्यक्ष तथा मन्त्रालयका सचिव शर्मासहित फिडिक एसिया प्रशान्त क्षेत्रका अध्यक्ष सुधीर धवन, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्