images
images
images

विद्युत प्राधिकरणमा अनियमितता छानबिन गर्न समिति गठन, लाल आयोगले औंल्याएका विषयमा पनि जाँचबुझ हुने

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले विद्युत प्राधिकरणमा भएका अनियमितता लगायतका विषय छानबिन गर्न समिति बनाएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। आयोगमा एक जना प्राविधिक र चार्टड एकाउन्टेन्ट पनि रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

उनकाअनुसार सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोगले औंल्याएका अन्य विषयबारे पनि छानबिन गर्नेछ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्यलाई नियुक्त गरेको छ। सदस्यहरूमा गगन विष्ट र दुर्गा भण्डारी नियुक्त भएका छन्।

सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ र नेपाल पत्रकार महासंघ अध्यक्ष रहेको समितिले आचार्य, विष्ट र भण्डारीलाई प्रमुख आयुक्त र आयुक्त सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ। उनले गत सोमबार पदबाट राजीनामा दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्