पूर्वाधार वाच, काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डडेलधुराको परशुराम नगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत अहेब रमेश बोहराविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चार वर्षअघि अहेबको जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियारले बोहराविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रवक्ता नरहरि घिमिरेका अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेस गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
उनले पेस गरेको सिटिइभिटीबाट कम्युनिटी मेडिसिनमा असिस्टेन्ट तहको मार्कसिट नक्कली रहेको भेटिएपछि अख्तियारले बोहराविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनी २०७७ भदौ ११ देखि हालसम्म अहेबमा बहाल थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्