images
images
images

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ।

बढेको मूल्यअनुसार पहिलो वर्गमा प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ पैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज रहेको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललगायतका स्थान छन्।

निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनले १५/१५ दिनमा पठाउने मूल्य सूचीका आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुने गरेको छ।‍

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्