images
images
images

कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारी नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन्। भण्डारीको सपथ ग्रहण सोमबार साँझ ५ बजे गराइने भएको छ।

भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानुन पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन्।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका लीलावल्लभ अधिकारीलाई जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो।

अन्य बिचौलियाहरू जेल चलान भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाएको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्