images
images
images

विश्रामपुर स्वास्थ्य चौकी जीर्ण भवनबाट सेवा दिन बाध्य

images

पूर्वाधार वाच, काठमाडौं ।

पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य छन् ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति यिनै भवनमा बस्ने गरेका छन् । २०२६ सालमा निर्माण भएको यो स्वास्थ्य चौकी क्षेत्रकै पुरानो भवन हो ।

एक कार्यालय सहयोगी र तीन स्वास्थ्यकर्मी उक्त भवनमा बस्ने गरेका छन् । भवनका विभिन्न भागमा चर्किएका छन्, सुत्ने कोठा र भान्साको सिलिङ उप्किएर प्लास्टर भुइँमा झरेको छ । वर्षातको समयमा पानी समेत चुहिने गरेको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार गत वर्षको वर्षातमा भान्सा कोठाको सिलिङको प्लास्टर ग्यास चुलामाथि झरेको थियो ।

‘ठूलो आवाजसहित सिलिङको प्लास्टर चुलोमाथि झरेको थियो, चुलो कुच्चिएर काम नलाग्ने भएको छ ।’ राति सुत्नसमेत डर लाग्ने अवस्था भएको स्वास्थ्यकर्मी बताउँछन् । उक्त बर्थिङ सेन्टरमा मासिक करिब पाँच जना गर्भवती महिला आउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्