images
images
images

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

images

पूर्वाधार वाच, काठमाडौं ।

तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ ।

केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ ।

भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल अपराह्न मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् ।

‘बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरूमा उडान प्रभावित भएको छ’, प्रवक्ता शेर्पाले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

यसैबिच, जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्