images
images
images

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

images

पूर्वाधार वाच, काठमाडौं ।

आज सुनको भाउ सात सय रुपैयाँले घटेको छ । सुनकाे भाउ सात सयले घटेर ताेलाकाे एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाकाे एक लाख ५१ हजार चार सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज पनि चाँदीको भाउमा घटबढ भएको छैन ।

आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको भाउ  पछिल्लो चार दिनदेखि स्थिर रहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्