images
images
images

विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखका लागि १६ जनाको आवेदन

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि १६ जनाको आवेदन परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार १६ जनाले आवेदन दिएको हो ।

जसमा डा. मन्दिप सुवेदी, डा. धर्म उप्रेती, डा. सूर्यनारायण श्रेष्ठ, डा. बसन्त अधिकारी, डा. राजु थापा, डा. सुमन कर्ण, डा. गणेश जिमी, मधुसूदन गौतम, ज्वाला पाण्डेय, दिनेशप्रसाद भट्ट, लबप्रसाद जोशी, केशबराज जोशी, रामप्रसाद पौडेल, सहदेब चन्द, संजय यादव, दिपकबिक्रम थापाको उम्मेदवारी दर्ता भएको हो ।

प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, ३५ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तै विपद् व्यवस्थापनको क्षेत्रमा अधिकृत स्तर वा त्यस भन्दा माथिल्लो स्तरमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ मा उल्लेख छ ।

छनौट समितिले सोच पत्र र व्यावसायिक कार्य योजनाको मूल्यांकन, सोच पत्र र व्यावसायिक कार्य योजना प्रस्तुतीकरणको मूल्यांकन, शैक्षिक योग्यता, तालिम र अनुभवको मुल्यांकन तथा व्यक्तिगत अन्तरवार्ता प्रक्रियाबाट छनौट गर्नेछ ।

जसमा मुल्यांकनको पुर्णांक १० को हुने र कम्तिमा ४० अंक प्राप्त गरेको व्यक्ति उर्तिण हुनेछ ।

शैक्षिक योग्यता, तालीम र अनुभवको प्राप्तांक एवं सोचपत्र तथा व्यावसायिक कार्य योजनाको मूल्यांकनको प्राप्तांक समेत जोडेर सबैभन्दा बढी अंक प्राप्त गर्ने बढीमा ५ जना उम्मेदवारलाई छनौट गरेर प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइनेछ ।

सबैभन्दा बढी अंक प्राप्त गर्ने बढीमा ३ जना उम्मेदवारको नामावली योग्यताक्रमको आधारमा निर्धारण गरी प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गृह मन्त्रालयमार्फत सरकार समक्ष सिफारिस गरिनेछ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्