images
images
images

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनी कोरिया भ्रमणमा थिए ।

भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन ‘फ्रेमवर्क’ ‘टिआइपिएफ’ सम्झौतामा हस्ताक्षर भएको थियो ।

मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरूसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । साथै उनले कोरियामा नेपाली वस्तुको प्रवर्द्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गरेका थिए ।

यसैबिच, नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबिच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्