images
images
images

आइएमई पेबाट ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर

images

पूर्वाधार वाच, काठमाडौं।

डिजिटल वालेट आइएमई पेले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

५ देखि १७ पुससम्म चल्ने अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबुलकार टिकट खरिदमा दैनिक शतप्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन् ।

अफरभरि हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने एकजना, बस टिकट काट्ने तीनजना र केबुलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मूल्यको शतप्रतिशत नै क्यासब्याक जित्नेछन् ।

ग्राहकमैत्री अफर प्रदान गरी चाडपर्व र सिजनलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ । भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्