पूर्वाधार वाच, काठमाडौं।
बाजुराको जगन्नाथ गाउँपालिका– ५, गोत्रीमा केन्द्रविन्दु बनाएर शनिबार गएको ५.२ रेक्टर स्केलको भूकम्पले १२५ घर पूर्ण रूपमा क्षति गरेको छ।
शनिबार बिहान सवा ४ बजे गएको भूकम्पले १२५ घर पूर्ण रूपमा क्षति भएको र पीडित परिवार खुला आकाशमै रहेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए ।
उनका अनुसार गोत्रेको मात्रै प्रारम्भिक विवरण आएको एवं पालिकाभरिको यकिन रिपोर्ट आउन बाँकी रहेको छ।
पालिका विपत् तथा व्यवस्थापन समितिले निर्णय गरेअनुसार तत्काल भूकम्पपीडितहरूको उद्धार तथा व्यवस्थापन गर्ने बताए। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले भूकम्पले सयौं घरमा क्षति गरे पनि मानवीय क्षति भने नभएको दाबी गरे।
स्थानीय ४० वर्षीया पानु दमाईंले शनिबार बिहानको भूकम्पले घर पूर्ण रूपमा नष्ट गरेको बताउँदै १५ महिने बच्चा काखमा च्यापेर पुसको ठन्डीमा खुला आकाशमा बस्न बाध्य भएको दुखेसो पोखिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्