images
images
images

ब्राजिलमा ट्रक र बस ठोक्किँदा २२ जनाको मृत्यु

images

पूर्वाधार वाच, रियो दि जिनरियो ।

ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उद्धार टोली र दमकलको टोली घटनास्थलमा पुगेको छ ।

मिनास गेराइस राज्य ब्राजिलको दक्षिण पूर्वी भागमा अवस्थित छ। उद्धार  विभागका अनुसार जसमा १३ जना घाइते भएका छन् । जसलाई उपचारका लागि टियोफिलो ओटोनी सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार यो बस साओ पाउलोबाट प्रस्थान गरेको थियो।  बसमा जम्मा ४५ जना सवार थिए । सुरुमा बस र ट्रक एक आपसमा ठोक्किएको थियो । त्यसपछि पछाडि दौडिरहेको कार पनि दुर्घटनाको शिकार बन्यो ।

उक्त कारमा तीन जना सवार रहेको बताइएको छ । जसलाई सामान्य चोट लागेको छ । प्रहरीका अनुसार बसको टायर फुटेका कारण दुर्घटना भएको हो । टायर फुटेपछि चालकले नियन्त्रण गुमाएका थिए ।

जसका कारण बस आइरहेको ट्रकसँग ठोक्किएको हो । २२ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । कारमा सवार तीनै जना भने सकुशल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्