images
images
images

नेपाल एयरलाइन्सको ट्वीनअटर ग्राउण्डेड, आन्तरिक उडान ठप्प

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान ठप्प भएको छ ।

दुईवटा ट्वीनअटर चालु रहे पनि एउटा गएको जेठदेखि ग्राउण्डेड छ । आइतबादेखि अर्को ट्वीनअटर पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान पूर्णरुपमा ठप्प भएको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले विमानमा प्राविधिक समस्या आएकाले केही समयलाई ग्राउण्डेड भएको बताए । ‘दुईवटा ट्वीनअटरमध्ये एउटा पहिल्यैदेखि ग्राउण्डेड थियो । अर्को जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो ।’

नेपाल एयरलाइन्सले केही प्रक्रियागत विषय मिलाउन बाँकी रहेको र त्यसपछि विमान मर्मत गरिने जानकारी गराएको छ । ग्राउण्डेड भएका अन्य जहाजको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर पनि छलफल भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्