पूर्वाधार वाच, महोत्तरी।
पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मूल्याङ्कनमा परेको बर्दिबास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि वढदै गएका छन् ।
अस्पतालले उपलब्ध गराउँदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरूका असन्तुष्टि चुलिँदै गएका हुन ।
पर्याप्त जनशक्ति भएतापनी सामान्य रगत जाँचको लागि बाहिर जानू पर्दो रहेछ,’स्थानीय विनोद लामाले भने, अस्पतालको व्यवस्थापकीय पाटोको कमजोरीले विकृति बढिरहेको पाइयो ।’
अचम्मलाग्दो त कहाँनिर छ भने कर्मचारीहरूले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार बनाएका छन् ।
अस्पताल परिसरबाट बाहिर निस्केपछि झण्डै एक दर्जन औषधि पसल, प्याथोलोजी ल्याब, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ । बाहिर पट्टि बाक्लै देखिने क्लिनिक र औषधी पसलहरूले अस्पताल आन्तरिक रूपमा कति खोक्रो छ भन्ने जोकोहीले सहजै अनुमान लगाउन सक्छन् ।
अस्पतालको बाहिरी गेट देखी परिसरको गेटसम्म ३० मिटरको दुरीमा एक दर्जन स्वास्थ्य क्लिनिक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन् ।
यसमध्ये कतिपय खुल्लमखुल्ला देखिन्छन् भने कतिपय गुपचुप खोलेको छन् । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोप्राइटर सियाराम महतो फार्मेसी इन्चार्ज छन् ।
भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रूपमा अस्पताललाई प्रयोग गरिएको रहेछ, ‘अर्का सेवाग्राही रमिला प्रधानले भनिन, ञनिक्कै ठुलो विकृति रहेछ ।’
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवद्वन सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
तर खुलेआम बाक्लै संख्यामा खुलेका फार्मेसीले अस्पतालको व्यवस्थापकीय पाटो माथि नै गम्भीर आशङ्का उत्पन्न गराएका छन् ।
अस्पतालका प्रवक्ता जगत खडका अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यद्यपि यथेष्ट सुविधाहरू परिसर भित्रै रहेको जिकिर गर्छन् ।
तर सोमवार कयौँ सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्यावमा गएका देखिन्थे । यही विषयलाई लिएर विनोद लामाले प्रवक्ता खडकालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराइरहेका थिए ।
अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्याबका सञ्चालक विजय महतोका अनुसार भित्र मेसिनहरूले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पूर्ण जाँच गर्ने गरिन्छ ।
महतोले एक जना बाहिरी डाक्टर समेत राखेका छन् । कहिलेकाहीँ बिरामीहरू सिधा यहाँ आउनुहुन्छ अनि यतैबाट डाक्टर वोलाउछौ । पहिले९ पहिले भित्रबाट पनि डाक्टर सापहरू बोलाउने गर्दथ्यौ,झ महतोले भने ।
त्यस्तै हयापी फार्मेसीका सञ्चालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन् । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन् ।
भित्र औषधिहरू नपाइने भएकाले बाहिर सबै औषधि पाउने गरी राखेको हौ ।’सञ्चालक महतोले भने । ञसकेसम्म सेवाग्राहीहरू टाढा जान नपरोस् भन्ने अभिप्राय हो ।’
तर सेवाग्राहीहरूलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानीय उर्मिला घिमिरे वताउछिन ।
अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्याउन नसक्दा अस्पताल वरपर नै मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरू खुलिसकेका छन् भने अझै खुल्ने क्रममा छन् ।
यति मात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिकिल्निकहरुले त प्रयोगशाला नै राखेर सेवाग्राहीहरूलाई अस्पताल जान बाटो छेक्ने गर्दछन् ।
सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिकिल्निकहरु निर्बाध सञ्चालन भइरहेका छन् ।
तर अस्पतालमा यति धेरै बेतितीहरू देखिएतापनी जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरू मौन देखिन्छन् । अस्पतालमा भएका विकृतिहरूको विषयमा जानकार रहेको बताउँदै क्रमशः सुधार गर्दै अगाडि बढिरहेको अस्पतालका प्रवक्ता जगत खडकाको दावि छ ।
केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्वीकार गर्दै ल्याब इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने बताए ।
तर सेवाग्राहीहरू यस्तो बहाना हरेक विभागमा बनिरहने गुनासो गर्छन् । बर्दिबास९३ कि उर्मिला घिमिरे यदि सोझो बन्यो भने सबै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य बनाउने गुनासो गरिन ।
यसैलाई फाइदा उठाएर बाहिरबाट आएर क्लिनिक खोल्ने क्रम समेत बढेको छ । परिणामस्वरूप लहान अल्ट्रासाउन्ड क्लिनिक भर्खरै खुलेको छ । आफूलाई डा. प्रमोद साह बताउने यस्का प्रोपाईटरले भित्र दिने सबै सुविधा याँहा पाइने बताए ।
बाहिर निजी अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिबास अस्पताललाई लक्षित गरेर औषधी पसल तथा किल्निकहरु खोलेका छन् । अस्पतालको कमजोर व्यवस्थापन र सेवा प्रवाहलाई मध्यनजर गर्दै यस्तै क्लिनिक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो ।
उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन् । बर्दिबास ल्यावोटरी रिलाईवेवल नामले सञ्चालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाइदा उठाएर पैसा कमाउने अस्त्र बनाएको देखिन्छ ।
नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरूको औषधि पसल तथा किल्निकहरु छन् । जसले अस्पतालको सेवा सुविधालाई कब्जामा लिएर धराशायी बनाइरहेको देखिन्छ ।
यता बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको बेतितीहरूको तत्कालै अनुगमन गर्ने बताएका छन् ।
अस्पतालका कर्मचारीहरूले त्यसरी औषधि पसल र क्लिनिक खोल्नु गलत भएको बताउँदै तत्काल छानबिन प्रक्रियालाई अगाडी समेत बढाउने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्